जलवायु वित्तको आकार नबढे नेपाललगायत अतिकम विकसित देशको लक्ष्य अधुरै रहने चिन्ता

बाकु (अजरबैजान) – विकसित देशले जलवायु वित्तको आकार नबढाए अतिकम विकसित देशहरूले राखेका राष्ट्रिय निर्धारित योगदान (एनडीसी) का लक्ष्य अधुरै रहनेतर्फ चिन्ता व्यक्त भएकाे छ । एनडीसीले निर्धारण गरेका लक्ष्य कार्यान्वयनका लागि आवश्यक पर्ने वित्त व्यवस्थापनमा नेपालजस्ता अतिकम विकसित देशको क्षमता नहुने र कोपमा पनि जलवायु वित्तको आकार बढाउनुपर्ने एजेन्डामा सहमति हुन नसके एनडीसीका लक्ष्य पनि अधुरै रहने भन्दै अतिकम विकसित देशका प्रतिनिधिले चिन्ता गरेका हुन् । राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारूप महासन्धि (यूएनए...

Source : https://ujyaaloonline.com/story/109106/2024/11/21/urges-ldcs-to-increase-the-size-of-climate-finance