जहाजमा बम भएको हल्ला गलत, ‘विमान सर्च गर्दा केही भेटिएन’  

काठमाडौँ । सोमबार एयर इन्डियाको जहाजमा बम राखिएको भन्दै चलेको हल्ला गलत पुष्टि भएको छ । नेपाली सेना र नेपाल प्रहरीको टोलीले गरेको चकजाँचपछी विमानमा बम राखिएको भन्ने सूचना गलत भएको पुष्टि भएको हो । 

उडानको तयारीमा रहेको विमान ‘होल्ड’ गरेर गरिएको ‘सर्च’मा सूचना आएजस्तो कुनै पनि शंकास्पद वस्तु नभेटिएको विमानस्थलका एक कर्मचारीले जानकारी दिएका छन् । 

ती कर्मचारीका अनुसार जाँचका क्रममा सेना र प्रहरीको टोलीले केही फेला नपारेपछि उक्त विमानमार्फत उडान गर्ने तयारी गरिएको छ । उक्त विमान सोमबार दिउँसो काठमाडौँ-दिल्ली उडान भर्ने तयारीमा थियो । 

यसअघि ६ दिनअघि पनि दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएको थियो । तर, त्यसबेला पनि चेकजाँच गर्दा कुनै पनि शंकास्पद वस्तु फेला परेको थिएन ।

Source : https://arthasarokar.com/2024/10/air-india-2.html



Related Posts