टर्कीको उड्डयन कम्पनीमा आक्रमण हुँदा पाँच जनाको ज्यान गयो

टर्कीको एउटा उड्डयन कम्पनिमा आक्रमण हुँदा ५ जनाको ज्यान गएको छ । अरु २२ जना घाइते भएका छन् । राजधानी अंकाराबाट ४० किलोमिटर टाढा आक्रमण भएको बीबीसीले जनाएको छ । आक्रमणकारीहरू ट्याक्सीमा आएर अन्धाधुन्ध गोली चलाएको घटनापछि सार्वजनिक भएका सिसिटिभी फुटेजमा देख्न सकिने खबरमा उल्लेख छ । उनीहरु त्यहाँ पुगेपछि पहिले बम विष्फोट गरेर त्यसपछि गोली चलाउन थालका थिए । यो घटनामा एक जना आक्रमणकारीले आत्मघाती बम विष्फोट गराएका छन् । स्थानीय सञ्चार माध्यमका अनुसार त्यस कम्पनीमा झण्डै  १५ हजार मानिस काम गर्छन् । टर्कीमा यसअघि पन...

Source : https://ujyaaloonline.com/story/108110/2024/10/24/five-people-were-killed-in-an-attack-on-a-turkish-