टोकियोमा ‘नेपाल डे’ कार्यक्रम हुँदै, नेपाली हस्तकला र सांस्कृतिक प्रदर्शन गरिने

टोकियो – जापानमा नेपाली हस्तकला र सांस्कृतिक प्रदर्शनसहित ‘नेपाल डे’ कार्यक्रम हुने भएको छ । टोकियोको मिनाटोस्थित आकाशाका सिभिक सेन्टरमा आउँदो डिसेम्बर १ तारिखका दिन ‘नेपाल डे’ कार्यक्रमको आयोजना गरिने भएको हो ।

कार्यक्रम दिउँसो १ बजेदेखि सुरु भएर ५ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । नेपाल संस्कृतिलाई प्रवर्द्धन गर्ने यो विशेष कार्यक्रममा नेपाली हस्तकला, सांस्कृतिक प्रदर्शन, नेपाली लोक नृत्य, र विभिन्न प्रस्तुतिहरू समावेश हुनेछन् ।

नेपाली हस्तकलाका सामानहरू प्रदर्शन र बिक्री गरिनेछ भने, आफ्नो नामलाई नेपाली लिपीमा लेख्न सकिने नेम कार्ड वितरण हुनेछ । रिहर्सल हलमा, सहभागीहरूका लागि निःशुल्क साडी लगाउने तालिम दिइनेछ, जहाँ सहभागीहरूले नेपाली पहिरनको अनुभव गर्न सक्नेछन् ।

कार्यक्रमको पहिलो चरणमा नेपाली-जापानी सम्बन्ध र सांस्कृतिक अन्तरक्रियाका बारेमा विभिन्न बौद्धिक व्यक्तित्वहरूको वक्तव्य रहेको छ । जसमा डा. आस्था तुलाधर, शर्मिता तुलाधर, र डा. फुजीमोटो यासुहिसा द्वारा वक्तव्य दिनेछन् । दोस्रो चरणमा नेपाली सांस्कृतिक नृत्य प्रदर्शन रहनेछ, जहाँ विष्णु भट्ट, प्रदीप थापा लगायतका प्रस्तुतिहरू हुनेछन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post टोकियोमा ‘नेपाल डे’ कार्यक्रम हुँदै, नेपाली हस्तकला र सांस्कृतिक प्रदर्शन गरिने appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493547/