दक्षिणी बेरुतको सरकारी अस्पताल नजिकै इजरायली आक्रमण, ४ जनाको ज्यान गयो

दक्षिणी बेरुतको मुख्य सरकारी अस्पताल नजिकै इजरायली हवाई आक्रमणमा चार जनाको ज्यान गएको छ । हवाई आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हवाई आक्रमण रफिक हरिरी विश्वविद्यालय अस्पतालको कर पार्किङ क्षेत्रमा भएको देखिएको खबरमा उल्लेख छ । यो घटनामा अन्य २४ जना घाइते भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो हवाई आक्रमण सोमवार बेलुकी दक्षिण बेरुतमा भएको १३ हवाई आक्रमणमध्ये एक रहेको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजबुल्लाहसँग जोडिएको ठाउँमा आक्रमण गरेको बताए...

Source : https://ujyaaloonline.com/story/108049/2024/10/22/4-dead-in-israeli-strike-near-beirut-hospital