ठुलो आवाज निकालेर कुद्ने मोटरसाइकलको भिडियो बनाएर पठाए पाँच हजार पाइने

काठमाडौं– काठमाडौंको गोकर्णेश्वर नगरपालिकाले मोटरसाइकलमा ठुलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा पुरस्कार दिने भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न नगरपालिकाले ठुलो आवाजमा कुद्ने मोटरसाइकल चालकको भिडियो खिचेर पठाउनेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो ।

साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन अनुरोध गर्दै मेयर दीपक कुमार रिसालले सूचना नै जारी गरेका छन् ।

सूचना पाएपछि ठुलो आवाजमा मोटरसाइकल चलाउने चालकलाई कारबाहीका साथै जरिवाना तिराइने छ । त्यस्ता मोटरसाइकललाई सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बमोजिम जरिवानास्वरुप रु एक हजारदेखि रु १५ हजारसम्म जरिवानाको व्यवस्था छ ।

जो कसैले पनि गोकर्णेशव नगरपालिकाभित्र ठूला आवाज निकालेर कुदेको मोटरसाइकल देखेमा सवारी नम्बर र फोटोसहित ९८५१२९६३१२ मा सूचना पठाएर पुरस्कार जित्न सक्नेछन् ।

नगरपालिकाले यस्तो कदम चाल्नुको मुख्य कारण वातावरणीय प्रदूषण र शान्त जीवनयापनमा असर पुगेको बताएको छ । जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने छ । सूचना दिनेको नाम भने गोप्य राखिने जनाइएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185108/