धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री लेखक
पोखरा।
गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकले धनराज गुरुङमाथि पनि छानबिन र अनुसन्धान हुने बताएका छन् । बुधवार पोखरा विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सहकारीमा मुछिएका सबैमाथि छानबिन र दोषी देखिए कारबाही हुने बताएका हुन् ।
‘धनराजजी माथि पनि अनुसन्धान हुन्छ । छानबिन हुन्छ । यदि तथ्यले, प्रमाणले उहाँले पनि गैर कानुनी काम गरेको देखियो भने उहाँका माथि पनि कारबाही हुन्छ,’ उनले भने, ‘तथ्य र प्रमाणले देखिनुपर्यो ।’
तथ्यले प्रमाणित भए सबैमाथि अनुसन्धान र कारबाही गर्ने उनको भनाई छ ।