नयाँ स्टक एक्सचेन्जको विषय अगाडि बढाउँछु : धिताेपत्र बाेर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठ

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताउनुभएको छ । सातदोबाटोमा रहेको बोर्डको कार्यालयमा आज कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेन्जको धेरै काम अघि बढेको बुझेको भन्दै त्यसमा सरकारको नीति निर्देशन बमोजिम अघि बढ्ने बताउनुभएको हो । उहाँले धितोपत्र बोर्ड अध्यक्षविहीन भएको लामो समयपछि अध्यक्षको जिम्मेवारीमा आफू आएको भन्दै बोर्डमा ठूलो जिम्मेवारी र चुनौतीहरू रहेको उल्लेख गर्नुभयो । अध्यक्ष श्रेष्ठले पूँजीबजार (शे...

Source : https://ujyaaloonline.com/story/109327/2024/11/27/proceedings-of-the-new-stock-exchange