पहाडी भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना

काठमाण्डाै – आज पहाडी भू–भागका एक/दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागमा सामान्य बदलीको सम्भावना रहेको र बाँकी ठाउँको मौसम सफा रहने महाशाखाको बिहानी बुलेटिनमा उल्लेख छ । आज राति पनि कोशी, मधेश, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ । केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहे पनि ठूलो पानी पर्ने सम्भावना कतै पनि नरहेको महाशाखाले जनाएको छ ।

Source : https://ujyaaloonline.com/story/107938/2024/10/19/chance-of-moderate-rain-over-hilly-areas