पहाडी भेगका एक, दुई ठाउँमा सामान्य वर्षाको सम्भावना
काठमाण्डौ – आज दिउँसो कोशी र बाग्मती प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेर एक दुई ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । पश्चिमी वायुको सामान्य प्रभाव रहेको कारण पहाडका केही ठाउँमा सामान्य वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ । अहिले बिहान कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा सामान्य बादल लागेको छ भने बाँकी भू–भागमा मौसम सफा छ । तराईका केही ठाउँमा सामान्य हुस्सु लागेको छ । ...
Source : https://ujyaaloonline.com/story/109235/2024/11/25/chance-of-rain-in-1-or-2-places-in-hilly-regions-