प्रचण्डलाई विप्लवले भने- माओवादी एकताबद्ध भए २०६४ सालको नतिजा दोहोर्‍याउन सकिन्छ

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादीको एकताले २०६४ सालको जस्तै नतिजा दिन सक्ने विश्वास व्यक्त गरेका छन्। चितवनमा आयोजित बेपत्ता योद्धा दण्डपाणि न्यौपानेको स्मृति भवन निर्माण कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताको जीवन परिवर्तन गर्ने जिम्मेवारी माओवादीले मात्र पूरा गर्न सक्ने बताएका छन्।

कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधन गर्दै विप्लवले क्रान्तिकारीहरुको एकता आवश्यक भएको उल्लेख गरे। माओवादीकी उपाध्यक्ष पम्फा भुसालले संविधान हजारौं योद्धाको बलिदानबाट प्राप्त भएको र त्यसलाई कसैले फेरबदल गर्न नहुने बताइन्।

साथै, उनले वामपन्थी र माओवादी एकताले समाजवादी आन्दोलनलाई अघि बढाउनुपर्नेमा जोड दिइन्। माओवादीका उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले जनयुद्धको जगमा जनतन्त्रको एजेन्डा पूरा भएको र अब जनजीविकाका मुद्दालाई गम्भीरतापूर्वक अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। उनका अनुसार, माओवादी आन्दोलनलाई एकताबद्ध गरेर समाजवादी क्रान्तिलाई अघि बढाउनु जरुरी छ।

The post प्रचण्डलाई विप्लवले भने- माओवादी एकताबद्ध भए २०६४ सालको नतिजा दोहोर्‍याउन सकिन्छ appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493378/