बसको ठक्करबाट दुई जनाको मृत्यु , घटनास्थल तनावग्रस्त

झापा ।

झापामा रात्रि बसको ठक्करबाट दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा कमल गाउँपालिका–३ का ६० वर्षीय टेकबहादुर लिम्बू र उनकी ११ वर्षीया नातिनी कृपा लिम्बू रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी दिए ।

काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको प्र१–०१–००१ ख ४३३१ नम्बरको यात्रुवाहक रात्रिबसले सडक पार गरिरहेको विद्युतीय साइकललाई ठक्कर दिँदा साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको हो ।

दुई जनाको मृत्युपश्चात् घटनास्थल तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले बसका चालकलाई नल्याउजेलसम्म सडकबाट शव उठाउन नदिने अडानमा छ। उनीहरूले राजमार्ग समेत अवरुद्ध पारेका छन्।

आक्रोशितहरूले प्रहरी चौकी केर्खामा ढुंगामुढा समेत गरिरहेका छन्। अहिले घटनास्थलमा ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ।

Source : https://newsofnepal.com/2024/10/23/674901/