बाढीले बगाएको सिन्धुली रामेछाप जोड्ने खुर्कोट पुलको निर्माण सकियो

रामेछाप ।

रामेछाप र सिन्धुलीलाई जोड्ने खुर्कोटको पुलको निर्माण सकिएको छ। गत असोज ११ र १२ गते परेको अविरल वर्षाका कारण खुर्कोटको पुल सुनकोसी नदीले बगाएको थियो। बुधबार साँझ खुर्कोटको पुलमा बेलिब्रिज निर्माण भएसँगै दुई सडक जोडिएको हो। 

नेपाली सेनाले दुई जिल्ला जोड्ने रामेछापको मुख्य मार्ग सुचारु गर्ने बाटो अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। रामेछापको लाइफ लाइनको रूपमा रहेको खुर्कोट पुल बगाएपछि सवारी साधना अरनिको राजमार्ग लगायत अन्य वैकल्पिक राजमार्ग प्रयोग गदै आएका थिए।

खुर्कोटको पुल बगाए पश्चात् रामेछाप सहित ओखलढुङ्गा प्रवेश गर्ने यात्रुले समस्या भोग्नु परेका थियो ।

Source : https://newsofnepal.com/2024/10/17/673709/