बुधबार ९ सय रुपैयाँले बढ्यो सुनको मूल्य, प्रतितोला कति ?
काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको हो ।
कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ९ सय रुपैयाँले बढेर एक लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।
यता चाँदीको मूल्य १० रुपैयाँले बढेर प्रतितोला १८३० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख २८ हजार २ सय ६० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५६९ रुपैयाँ कायम भएको छ ।
सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।