महिला टी–२० विश्वकप : समूह चरणको अन्तिम खेलमा आज राति इङ्गल्यान्ड र वेस्ट इन्डिज खेल्दै

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्वकप क्रिकेटमा समूह चरणको अन्तिम खेलमा आज समूह ‘बी’ का इङ्गल्यान्ड र वेस्ट इन्डिज खेल्दैछन् । यो खेल राति पौने ८ बजे दुबईमा शुरू हुनेछ । यो खेलसँगै महिला टी–२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुनेछ । समूह ‘ए’ बाट अस्ट्रेलिया शीर्ष स्थानमा रहँदै र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेका छन् । समूह ‘बी’ मा इङ्गल्यान्ड ३ खेलमा ६ अङ्कसहित शीर्ष स्थानमा, दक्षिण अफ्रिका ४ खेलमा ६ अङ्कसहित दोस्रो स्थानमा र वेस्ट इन्डिज ३ खेलमा ...

Source : https://ujyaaloonline.com/story/107799/2024/10/15/england-vs-west-indies-tonight-in-the-final-group-