मौसम खुलेपछि लुक्लामा उडान शुरू, मन्थलीमा रोकिएका ५ सय जनाभन्दा धेरै पर्यटक लुक्ला पुगे

साेलुखुम्बु – मौसम खुलेसँगै दुई दिनदेखि रोकिएको रामेछापको मन्थली–सोलुखुम्बुको लुक्ला उडान आज बिहानदेखि शुरू भएको छ । सोलुखुम्बुको खुम्बु क्षेत्रमा मौसम खराब हुँदा अस्ति सोमवारदेखि उडान ठप्प भएको थियो । आज दिउँसोसम्म लुक्लामा २२ वटा उडान अवतरण भएको छ । तीमध्ये ६ वटा काठमाण्डौबाट र अरू रामेछापको मन्थलीबाट भएका लुक्लाका एटीसी अफिसर विवश दाहालले जानकारी दिनुभयो । सोलुखुम्बुको सगरमाथा क्षेत्र भ्रमणका लागि मन्थली पुगेर रोकिएका एक हजारभन्दा धेरै पर्यटकमध्ये पाँच सय जनाभन्दा धेरै उडानमार्फत लुक्ला प...

Source : https://ujyaaloonline.com/story/107833/2024/10/16/flight-to-lukla-starts-after-the-weather-clears