मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीचको मर्जर प्रक्रिया रद्द
काठमाडौँ । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडबीचको मर्जर रद्द भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार दुवै लघुवित्तबीचको मर्जर प्रक्रिया रद्द भएको हो ।
राष्ट्र बैंकले कात्तिक २ गते मानुषी र श्रृजनशील लघुवित्तबीचको प्रक्रिया रद्द गर्न निर्देशन दिएको थियो ।
सोही निर्देशनअनुसार दुई कम्पनीबीचको मर्जर रद्द भएको हो । श्रृजनशीलसँगको मर्जर प्रक्रिया रद्द भएको जानकारी मानुषी लघुवित्त वित्तीय संस्थाले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई गराएको छ ।
यी दुई लघुवित्तबीच २०७९ चैत २ गते मर्ज हुने सझदारी पत्रमा हस्ताक्षर भएको थियो भने अन्तिम सम्झौतापत्रमा २०८० पुष ११ गते हस्ताक्षर भएको थियो ।
Source : https://arthasarokar.com/2024/10/laghubitta-71.html