मिसिङ : केटी हराएको सूचनाको फेरिएको टिजर

काठमाडौं ।

आगामी ३० गते रिलिज हुने फिल्म मिसिङः केटी हराएको सूचनाको दोस्रो टिजर सार्वजनिक भएको छ। टिजरमा फिल्मका मुख्य पात्रहरू नाजिर हुसेन र सृष्टि श्रेष्ठबीचको प्रेमकथा प्रस्तुत गरिएको छ। जसमा प्रेमका उतारचढाव देखाइएको छ। पहिलो टिजरमा जस्तै दोस्रो टिजरले पनि प्रेम, द्वन्द्व, र रहस्य समेटेको छ।

दोस्रो टिजरमा नाजिर र सृष्टिको सम्बन्धले अगाडि बढ्ने क्रममा उनीहरूको प्रेममा थप संघर्ष र पेचिला मोड प्रस्तुत गरिएको छ। टिजरको अन्त्यमा नाजिरलाई सृष्टिले अपहरण गरेको देखाइएको छ। पहिलो टिजर सृष्टिलाई नाजिरले अपहरण गरेको देखाइएको थियो।

मिसिङः केटी हराएको सूचनाले रहस्य र प्रेमकथामार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्ने अपेक्षा गरिएको छ।
फिल्म ३२ वर्षअघिको डकु–ड्रामा उजेलीका निर्देशक दीपेन्द्र गौचनले निर्देशन गरेका हुन्।

निर्देशक गौचनकै स्क्रिप्ट लेखन रहेको फिल्ममा नाजिर र सृष्टिका साथमा सञ्जय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, रिना रिमाल, कौशल्या ठाकुर, ललितादेवी मिश्र, रुपेश मण्डल, सुदीप पटेल, अनील कुर्मी, मनोज शाह, अर्जुन पोखरेल, ओमप्रकाश कर्ण, अमितेष शाहलगायतले अभिनय गरेका छन्।

ट्राई सिटी पिक्चर्सको ब्यानरमा नकिम उद्दिन कार्यकारी निर्माता रहेको फिल्ममा मनोहर दास मुल, अनील राजभण्डारी, राजीव थापा, रोबिन थापा, राधेश पन्त, महेन्द्र शाक्य, ज्योतिमान शेरचन, चन्द्र भट्टचन, सञ्जय भट्टचन सहकार्यकारी निर्माता तथा अमितेष शाह सहायक निर्माता रहेका छन्।

फिल्ममा दीपेन्द्र गौचन, प्रवेश मल्लिक र करुण थापाको संगीत, दीपेन्द्र गौचन, अमितेष शाह, करुण थापाको शब्द रचना, सितुसित बस्नेत, रोहित जोन क्षेत्री, प्रवेश मल्लिक, नेहा प्रियदर्शनी, करण परियार र इन्दिरा जोशीको स्वर, राजीव कर्णको कोरियोग्राफी, अकी थेक्पाको कला निर्देशन, अमर महर्जनको डीओपी र निमेष श्रेष्ठको सम्पादन रहेको छ।

Source : https://newsofnepal.com/2024/10/22/674624/



Related Posts