मोटरसाइकलको ठक्करबाट बालकको मृत्यु

रौतहट।

परोहा नगरपालिका-६ बसन्तपट्टी चोक नजिकै सडकमा लौकाहाबाट कोपवातर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने कृष्णा साहको छोरा ६ वर्षीय आदित्य साहको सोमबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको स्थानीय अस्पताल हुँदै नारायणी अस्पताल वीरगंज पर्सामा थप उपचारको क्रममा मृत्यु भएको हो ।

प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

Source : https://newsofnepal.com/2024/10/21/674536/