रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी लिएर रास्वपा पार्टी कार्यालय पुग्यो प्रहरी

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी कानूनी राज्यको सम्मान गर्छाैँ । हामी सहजरूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ ।’ सूर्यदर्शन...

Source : https://ujyaaloonline.com/story/107921/2024/10/18/police-reached-rsp-party-office-to-arrest-rabi