रेखा पौडेलबिना नै नेपालले खेल्दै छ फाइनल खेल

काठमाडौं– साफ वुमन्स च्याम्पियनसीपको फाइनल आज केहीबेरमा दशरथ रंगशालामा सुरु हुँदैछ । घरेलु टीम नेपाल र बंगलादेश उपाधिका लागि भिड्नेछन् ।

साफका सात संस्करणमध्ये ६ वटा खेलमा फाइनलको यात्रा तय गरिसकेको नेपालले अहिलेसम्म कुनै उपाधिभने जित्न सकेको छैन । त्यसैले पहिलोपटक देशले उपाधि चुमेको हेर्ने अपेक्षासहित हजारौं दर्शक रंगशालामा जम्मा भइसकेका छन् ।

यता हजारौँ दर्शक जम्मा भइरहेपनि नेपाली टिमलाई केही दवाव भने रहेको छ । कारण, यस संस्करणमा सर्वाधिक गोल गरेकी रेखा पौडेलले आजको फाइनल खेल्न पाउने छैनन् । भारतविरुद्धको सेमिफाइनलको खेलमा उनले रातो कार्ड पाएकी थिइन् । फुटबलको नियम अनुसार एउटा खेलमा रातो कार्ड पाएको खेलाडीले लगत्तैको अर्को खेलमा भाग लिन नपाउने भएकाले उनले यो खेल गुमाएकी थिन् ।

रेखाले समुहरचणको खेलमा नै ७ गोल गरेकी थिइन् । यस संस्करणमा सर्वाधिक गोलकर्ता गर्नेको सूर्चीको शीर्षस्थानमा डेकी ल्हाजोम रहेकी छिन् । उनले ८ गोल गरेकी थिइन् । त्यसपछि हालसम्म सर्वाधिक गोल गर्नेको दोस्रो स्थानमा रेखाको नाम छ । तर रातो कार्ड पाएर फाइनल खेल गुमाएसँगै रेखाको सर्वाधिक गोलकर्ता बन्ने सम्भावना सकिएको छ ।
गोल रेकर्डभन्दा पनि नेपाललाई रेखाको अनुपस्थिति मैदानमा पक्कै खट्किने छ । रेखा एएफसी च्याम्पियन्स लिग खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडी हुन् । सावित्री भण्डारी ‘साम्बा’ पछि उृनलाई नेपालकी अब्बल स्ट्राइकर मानिन्छन् ।

साम्बा र रेखाको जोडीले नेपाललाई शसक्त टोली बनाउँथ्यो तर रेखाको अभावमा साम्बामा जिम्मेवारी थपिने छ । नेपाललाई सेमिफाइनलमा जोगाएकी साम्बाबाट फाइनलमा ठूलो आशा छ ।

नेपालको स्क्वाडमा अतिरिक्त स्ट्राइकरका रुपमा रश्मी कुमारी घिसिङ छिन् । उनी सेमिफाइनलमा प्रतिस्थापन खेलाडीको रुपमा थिइन् । आज उनले प्लेइङ ११ मा मौका पाउन सक्छिन् । अमिषा कार्की र अनिता बस्नेत पनि फरवार्डमा हुनेछन् ।

 

Source : https://onlinetvnepal.com/2024/10/185576/