लुक्लाको मौसम प्रतिकूल हुँदा १ हजार ३ सय जनाभन्दा धेरै पर्यटक मन्थलीमै रोकिए

साेलुखुम्बु – सोलुखुम्बुको लुक्लामा मौसम खराब भएपछि एक हजार तीन सय जनाभन्दा धेरै पर्यटक रामेछापको मन्थलीमा रोकिएका छन् । लुक्ला हुँदै सगरमाथालगायतका क्षेत्रमा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै जाने गरेका छन् । लुक्ला जान मन्थली पुगेका पर्यटक लुक्लाको मौसम उडानयोग्य नभएपछि रोकिएका हुन् । मौसममा सुधार नआएपछि केही पर्यटक अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् । केही पर्यटक सडकमार्गबाट सोलुखुम्बुतर्फ लागेका पर्यटन व्यवसायीले बताएका छन् । सोमवारदेखि लुक्लाको मौसम खराब हुँदा मन्थली–लु...

Source : https://ujyaaloonline.com/story/107918/2024/10/18/1300-tourists-stopped-at-manthali-due-to-weather