शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयनमा

काठमाण्डौ – नेपालमा पनि शून्य कार्बन स्कुलको अवधारणा कार्यान्वयनमा आएको छ । विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयले सञ्चालन गरेको शैक्षिक कार्यक्रम नेपालमा पनि शुरु भएको हो । पश्चिमाञ्चल विश्वविद्यालयसँगको समन्वयमा शुरु भएको कार्यक्रम अन्तर्गत जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ । गण्डकी, बाग्मती र लुम्बिनी प्रदेशका पाँच जिल्ला कास्की, रूपन्देही, भक्तपुर, ललितपुर र बर्दियामा सञ्चालन गरिएको कार्य...

Source : https://ujyaaloonline.com/story/108026/2024/10/21/implementation-of-zero-carbon-school-concept