शेयर बजार परिसूचक नेप्से झन्डै ५८ अङ्कले घट्यो

काठमाण्डौ – आज पनि शेयर बजार परिसूचक नेप्से उच्च अङ्कले घटेको छ । हप्ताको पहिलो कारोवार दिन हिजो ४७ अङ्कभन्दा धेरैले घटेको नेप्से आज ५७ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ३९ दशमलव ९२ अङ्कमा झरेको छ । आज सबै समूहको शेयर मूल्य घटेर बजार राताम्मे हुँदा फाइनान्स, बैंक, जलविद्युत्, लगानी, जीवनबीमा र अन्य समूहको शेयर मूल्य उच्च अङ्कले घट्यो । आज नादी ग्रुप पावरको शेयर आठ प्रतिशतभन्दा धेरै घटेको छ । समग्रमा बजार घटे पनि आज विन नेपाल लघुवित्त र कर्पोरेट विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले बढ्यो । बजारसँगै आ...

Source : https://ujyaaloonline.com/story/108028/2024/10/21/stock-market-index-nepse-fell-almost-58-points