सरकारले पोहोर कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने

काठमाण्डाै – सरकारले पोहोर कात्तिकपछिका सबै विपद्जन्य घटनाका पीडितलाई राहत दिने निर्णय गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को हिजो बसेको बैठकले गएको वर्षदेखिका सबै पीडित समेटिने गरी पुनर्निर्माण, पुनर्स्थापना र अस्थायी आवास बनाउने निर्णय गरेको हो । बैठकले वर्षभर विपद्ले गरेको क्षतिको जतिसक्दो विवरण सङ्कलन गर्न सम्बद्ध सबै निकायलाई निर्देशनसमेत दिएको छ । बैठकले पुनर्निर्माण, पुनर्स्थापना एवम् अस्थायी आवास निर्माणका कार्यक्रम समयसीमा तोकेर सक्दो छिटो गर्ने निर्णय गरेको छ ।

Source : https://ujyaaloonline.com/story/107937/2024/10/19/relief-to-victims-of-calamities-since-last-year