सर्पकाे डसाइबाट सप्तरीमा ९ वर्षीया बालिकाकाे ज्यान गयाे

सप्तरी – सप्तरीको खडक नगरपालिकाको कल्याणपुरमा सर्पको डसाइबाट एक बालिकाको ज्यान गएको छ । खडक नगरपालिका वडा नम्बर–७ का रामस्वरुप मण्डलकी नाै वर्षीया छोरी प्रियङ्काकाे सर्पको डसाइबाट ज्यान गएको हो । पूजाकोठामा आरती गर्ने क्रमले डसेपछि उपचारका लागि मण्डललाई कल्याणपुर सर्पदंश उपचारका केन्द्रमा भर्ना गरिएको थियो । रातभरि उपचार गरे पनि बालिकाको अवस्था सुधार नभएपछि  सिरहाको सर्पदंश उपचार केन्द्रमा लैजाने क्रममा बाटैमा ज्यान गएको मृतकका बुवा रामस्वरुपले बताउनुभयो ।

Source : https://ujyaaloonline.com/story/108020/2024/10/21/a-9-year-old-girl-died-of-snake-bite-in-saptari