सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी बिनु यादव प्रहरी नियन्त्रणमा

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतको बोर्डमा कालो रङ छ्यापेको आरोपमा बिनु यादवलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार पठाओ बाइक चढेर सर्वोच्च अदालतको मूल गेटनजिक रहेको बोर्डमा कालो रङ छ्यापेकी थिइन्।

बिनु यादवले आफू घरेलु हिंसाको शिकार भएको बताउँदै आएकी छन्। रामेछापका एक युवकसँग विवाह गरेका यादवले अदालतबाट सम्बन्ध बिच्छेदको फैसला भएपछि विरोधस्वरूप अदालत परिसरमै विष सेवन गरेको घटनाले चर्चा पाएको थियो। यसअघि उनले आफ्ना मागहरू पूरा गराउन आमरण अनशन बसेकी थिइन्। २०८० जेठमा सरकारसँग पाँच बुँदे सहमति भएपछि तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई जुस पिलाएर अनशन तोडाएका थिए।

सहमतिको आधारमा यादवको मुद्दामा कानुनी प्रक्रिया अघि बढाउने र जीविकोपार्जनका लागि सरकारबाट सहयोग गर्ने प्रतिबद्धता जनाइएको थियो। तर, उनले सर्वोच्चको बोर्डमा कालो रङ छ्याप्नुले आफ्नो असन्तुष्टिलाई पुनः सार्वजनिक रूपमा प्रकट गरेको देखिन्छ।

The post सर्वोच्चको बोर्डमा कालो रङ छ्यापेकी बिनु यादव प्रहरी नियन्त्रणमा appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/11/496934/