साउथह्याम्प्टनलाई हराउँदै म्याचेस्टर सिटी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाण्डौ – म्यानचेस्टर सिटी इङ्गिलस प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई १–० गोलले हराउँदै सिटी शीर्ष स्थानमा पुगेको हो । सिटीका लागि पाँचौ मिनेटमा इर्लिङ हलाण्डले गरेको गोल नै निर्णायक बन्यो । सिटीको नौ खेलमा २३ अङ्क भएको छ भने दोस्रो स्थानको लिभरपुलको २१ अङ्क छ । गएराति नै भएका अरू खेलमा लेस्टर सिटीले नटिङघम फरेस्टलाई र ब्रेन्टफोर्डले इपस्वीच टाउनलाई हराए । एभर्टन र फुलहम, एस्टन भिल्ला र बर्नमाउथ तथा ब्राइटन र उल्भ्सले बराबरी खेलका छन् । 

Source : https://ujyaaloonline.com/story/108204/2024/10/27/manchester-city-beat-southampton-premier-league