सार्वभौम साख मूल्याङ्कनपछि बैंक तथा वित्तीय क्षेत्र उत्साहित

काठमाण्डाै – बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) ले सार्वभौम साख मूल्याङ्कनमा नेपालले 'डबल बी माइनस' रेटिङ पाएपछि उत्साह थपिएको जनाएको छ । सिबिफिनले आज विज्ञप्ति निकालेर दक्षिण एशियाका अन्य देशहरूमध्ये छिमेकी मित्रराष्ट्र भारतपछि दोस्रो उच्च सार्वभौम साख मूल्याङ्कनको प्राप्तिले नेपालको साख र विश्वसनीयता बढाएको जनाएको छ । यसले अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि नेपाल सुरक्षित, विश्वसनीय र भरपर्दो देश भएको प्रमाणितसमेत गरेको सिबिफिनको ठहर छ । देशको अर्थतन्त्रका बाह्य सूचकहरू निकै बलियो स्थित...

Source : https://ujyaaloonline.com/story/109256/2024/11/25/sovereign-credit-rating-banks-financial-sector