सुनको भाउमा लगातार कीर्तिमान

सुनको भाउले फेरि अर्को कीर्तिमान बनाएको छ ।

हिजो तोलाको एक लाख ६५ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ६ सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै चाँदीको भाउ पनि आज तोलामा २० रुपैयाँले बढेको छ । आज चाँदी तोलाको दुई हजार ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो एकैदिन चाँदीको भाउ ९५ रुपैयाँले बढेको थियो ।

The post सुनको भाउमा लगातार कीर्तिमान appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/21/100077/