सुनको भाउमा लगातार कीर्तिमान : तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ पुग्याे

काठमाण्डौ – सुनको भाउले लगातार कीर्तिमान बनाएको छ । आज एकैदिन सुनको भाउ तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च भएको हो । आज सुनको भाउ तोलाको एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो र अस्ति पनि सुनको भाउले कीर्तीमान कायम गरेको थियो । हिजो सुनको भाउ तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो । यस्तै चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदी...

Source : https://ujyaaloonline.com/story/107899/2024/10/18/gold-prices-continue-to-hit-record-highs