‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा

काठमाण्डाै – नेपालकै अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल भेन्चर्स प्रा. लि. ले आफ्नो नयाँ उत्पादन ‘मंगलदीप गुलाफ चन्दन अगरबत्ती’ नेपाली बजारमा सार्वजनिक गरेको छ । आकर्षक प्याकेजिङ भएकाे गुलाफ चन्दन अगरबत्तीको हरेक प्याकमा ९ इन्चका ४० वटा काँटी रहेका छन् । कम्पनीले गुलाफ चन्दन अगरबत्तीको प्रत्येक प्याकको बिक्री मूल्य ५० रुपैयाँ कायम गरेको छ । यो अगरबत्तीमा गुलाफ र चन्दनको सुवासको सम्मिश्रण रहेको छ । उत्कृष्ट गुणस्तरीयता कायम राखी मंगलदीप पूजा अगरबत्तीले मंगलदीप ब्रान्डको छवि र ब्रान्डप्रति उपभोक्ताको लगावलाई ब...

Source : https://ujyaaloonline.com/story/107906/2024/10/18/mangaldeep-rose-sandalwood-incense-sticks-in-nepal