मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेकोमा चीनको विरोध

भारतको मुम्बईमा ताइवानको सम्पर्क कार्यालय खुलेपछि चीनले विरोध गरेको छ । मुम्बईमा ताइपेई आर्थिक र सांस्कृतिक केन्द्र (टीईसीसी) खुलेपछि भारतमा रहेको चिनियाँ दूतावासकी प्रवक्ता यु जिङ्गले सामाजिक सञ्जाल 'एक्स' मार्फत प्रतिक्रिया दिँदै विरोध गर्नुभएको बीबीसी हिन्दीले जनाएको छ । संसारमा एउटा मात्र चीन रहेको र ताइवान चीनको अभिन्न अङ्ग भएको यु जिङ्गको भनाइ छ । चीनसँग कूटनीतिक सम्बन्ध राख्ने कुनै पनि देशले ताइवानसँग आधिकारिक सम्पर्क राखेमा त्यसको कडा विरोध गर्ने उहाँले बताउनुभएको छ । यो विषयलाई चीनले भारतसमक्ष ग...

Source : https://ujyaaloonline.com/story/107904/2024/10/18/china-protests-over-taiwan-office-in-mumbai