सुनको भाउ बढेको बढ्यै, आज ८ सयले बढेर तोलाको १ लाख ६६ हजार ७ सय रुपैयाँ पुग्यो

काठमाण्डाै – सुनको भाउले नयाँ कीर्तिमान बनाएको छ । सुनकाे भाउ आज ८ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६६ हजार ७ सय रुपैयाँ पुगेको छ । यसअघि हिजो तोलामा तीन सय रुपैयाँले बढेर तोलाको एक लाख ६५ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार दशैँ बिदापछि सुनको भाउ लगातार बढिरहेको छ । मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भू–राजनीतिक अनिश्चितताका कारण व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिका रूपमा कारोबार गर्दा मागमा आएको वृद्धिसँगै भाउ बढेको महासङ्घको भनाइ...

Source : https://ujyaaloonline.com/story/108081/2024/10/23/gold-price-is-1-lakh-66700-rs-per-tola