स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने

काठमाण्डौ – सुदूरपश्चिम रोयल्सले नेपाल सुपर लिग (एनपीएल) का लागि स्कटल्यान्डका अलराउन्डर ब्रान्डन मक्मलेनलाई अनुबन्ध गरेको छ । सुदूरपश्चिम रोयल्सले एनपीएलका लागि अनुबन्ध गरेको मक्मलेन पहिलो विदेशी खेलाडी हुन् । दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टी–२० मा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । सुदूरपश्चिम रोयल्सले यसअघि अस्ट्रेलियाका विश्वकप विजेता पूर्व क्रिकेटर ब्राड हजलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरिसकेको छ । दीपेन्द्र सिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् ...

Source : https://ujyaaloonline.com/story/108034/2024/10/21/scotland-all-rounder-brandon-mcmallen-sudurpachim