स्रोत नखुलेको २० लाखभन्दा बढी भारतीय नगदसहित दुई जना पक्राउ

कपिलवस्तु ।

कृष्णनगर नगरपालिका-२ लिङ्गेटबाट स्रोत नखुलेको नगद २० लाख ५० हजार भारतीय रूपियाँसहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत महाराष्ट्र प्रदेश राईगट मुंबाई सिटी बस्ने ३३ वर्षीय सलमान कुरेसिया र ३९ वर्षीय उमेश सखाराम खंडागले रहेका छन् । 

अस्थायी प्रहरी पोष्ट लिङगेट कृष्णनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको युपि ४५ एएस ६६६३ नम्बरको गाडीमा सवार सलमानलाई ८ लाख भारतीय रूपैयाँ र युपि ४२ डिटि ५७२१ नम्बरको गाडीमा सवार उमेशलाई १२ लाख ५० हजार भारतीय रूपियाँसहित फेला पारी पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Source : https://newsofnepal.com/2024/10/22/674662/