स्वस्तिमाको पहिरन कस्तो ?


बुधबार बेलुकी आयोजना भएको ‘राष्ट्रिय चलचित्र पुरस्कार’मा नायिका स्वस्तिमा खड्का आकर्षक बनेर पुगिन् । स्वस्तिमा यो कार्यक्रममा सारी लगाएर पुगेकी थिइन् । तर, यसपटक उनले लगाएको सारी अरु बेलाको भन्दा विशेष थियो ।
स्वस्तिमा खड्काको सारीमा लालिगुराँसको बुट्टा भरिएको थियो । लालिगुराँस नेपालको राष्ट्रिय फूल हो ।

स्वस्तिमाले आफ्नो पहिरनमा पनि नेपाललाई प्रतिनिधित्व गरेकी थिइन् । राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट अवार्ड थाप्ने भएकाले पनि स्वस्तिमाले यस्तो पहिरन लगाएकी हुन् ।

स्वस्तिमाको सिउँदोमा सिन्दुर पनि निकै मिलाएर लगाएको देखियो । स्वस्तिमा सामान्य कार्यक्रममा पुग्दा सिउँदो सिन्दुर लगाउँदिनन् । तर, आफ्ना श्रीमान् निश्चल बस्नेतसँग पुगेकी स्वस्तिमाले सिउँदो मिलाएर लगाएकी थिइन् । उनले फिल्म ‘दिमाग खराब’बाट ‘उत्कृष्ट नायिकाको अवार्ड’ पाएकी हुन् ।

Source : https://onlinetvnepal.com/2024/11/186941/