श्रीलङ्का पहिलाे पारीमा ४२ रनमै अलआउट

काठमाण्डाै – दक्षिण अफ्रिकासँगकाे पहिलाे टेस्ट क्रिकेटकाे पहिलाे पारीमा श्रीलङ्का ४२ रनमै अलआउट भएकाे छ । दक्षिण अफ्रिकाकाे डरबनमा खेलकाे दाेस्राे दिनकाे खाना समयपछि श्रीलङ्का ८३ बलमै ४२ रनमा समेटिएकाे हाे । श्रीलङ्काका कमिन्दु मेन्डिसले सबैभन्दा धेरै १३ रन बनाए । श्रीलङ्काका ५ जना खेलाडी शून्य रनमै आउट भए । दक्षिण अफ्रिकाका मार्काे यानसेनले ७ विकेट लिए । टेस्ट क्रिकेटमा श्रीलङ्काकाे याे सबैभन्दा कम रन हाे । यसअघि टस हारेर ब्याटिङ गरेकाे दक्षिण अफ्रिकाले १ सय ९१ रन बनाएकाे थियाे । दक्षिण अफ्रिकाका कप्तान तेम्बा बभु...

Source : https://ujyaaloonline.com/story/109377/2024/11/28/sri-lanka-all-out-for-42-runs-in-the-first-innings