रविलाई ल्याइने भएपछि विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखराबाट काठमाडौं ल्याइएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ भने रविका समर्थकलाई विमानस्थलको बाहिरी गेटमा रोकिएको छ। रविलाई काठमाडौं ल्याइने सूचनासँगै उनका समर्थक एयरपोर्ट पुग्ने क्रम जारी छ।