अमेरिकाबाट १ बर्षमा साढे २४ मिलियन पासपोर्ट कार्ड र पासपोर्ट जारी, अहिलेसम्मकै रेकर्ड ब्रेक

अमेरिकी सरकारको विदेश मन्त्रालयले १ बर्षमा साढे २४ मिलियन पासपोर्ट कार्ड र पासपोर्ट जारी गरेर अहिलेसम्मकै रेकर्ड ब्रेक गरेको छ । विदेश मन्त्रालयले लगातार तेस्रो आर्थिक वर्षमा पनि वार्षिक अमेरिकी पासपोर्ट प्रशोधनको रेकर्ड तोडेको हो ।

अघिल्लो आर्थिक बर्षको तुलनामा झण्डै ५ लाख बढी पासपोर्ट कार्ड र पासपोर्ट जारी गरेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । विदेश मन्त्रालयले पाुपोर्ट आवेदन प्रक्रियालाई थप प्रभावकारी र सुविधाजनक बनाउँदै आएको पनि जनाएको छ । अहिले नियमित पासपोर्ट जारी हुन चार देखि छ हप्ता लाग्ने गरेको छ ।

अमेरिकी सरकारले सेप्टेम्बरदेखि पासपोर्ट नविकरणको आवेदन अनलाइनबाट दिन सकिने व्यवस्था पूर्ण रूपमा लागु गरेको छ । आर्थिक बर्ष भरीमा अनलाइन पासपोर्ट नवीकरण ओपीआरप्रणाली मार्फत १० लाखभन्दा बढी अमेरिकीहरूले सफलतापूर्वक पासपोर्ट नवीकरण गर्न आवेदन दिएका छन्।

अनलाइन प्रणालीमार्फत आवेदकले घरमा नै बसेर हुलाकको प्रयो नगरी पासपोर्ट सुरक्षित रूपमा नवीकरण गर्न सक्छन् । सरकारी सेवाको एक प्रमुख आधुनिकीकरणका रुपमा अमेरिकी सरकारले यो सुविधा ल्याएको हो ।

आगामी वर्षहरूमा युटाह, फ्लोरिडा, कन्सास, टेक्सास, ओहायो र नर्थ क्यारोलिनामा छवटा नयाँ पासपोर्ट कार्यालयहरु खोल्ने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । अमेरिकी जनताको अन्तर्राष्ट्रिय यात्रालाई थप पहुँचयोग्य बनाउन र पासपोर्ट अप्वाइन्टमेन्ट तथा अन्य आवश्यक सेवाहरूको आवश्यकता भएका अमेरिकीहरूको लागि यात्रा समय घटाउन नयाँ कार्यालयहरु खोल्न लागिएको हो ।

 

Source : https://www.khasokhas.com/211029