रास्वपामा म एक्लै छु, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो- डा. मुकुल ढकाल

काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालले रास्वपामा आफू एक्लै भएको टिप्पणी गरेका छन् ।

ढकालले रास्वपाका कार्यकर्ता आन्दोलनमा भनेर नलेख्न पत्रकारहरुलाई अनुरोध गर्दै त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको भएको बताएका हुन् ।

उनले भनेका छन्-  

म एक स्वच्छन्द चरा, एक स्वतन्त्र नागरिक । पार्टीको खास नाम अनुसार । आज रास्वपामा कोही छ त, म छु  । एक्लै होला, तर पार्टी सिद्धान्तको अस्तित्व बचाएर बसेको छु । विधिको शासन, कानुन भन्दामाथि कोही छैन र राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण गर्नु हुँदैन भनेर अडिग छु ।

कृपया मिडियाका साथीहरुले पनि रास्वपा कार्यकर्ता आन्दोलनमा भनेर नलेखिदिनु होला, त्यो भिड रवि लामिछाने क्लबका सदस्यहरूको हो ।

रास्वपा विधानमै लेखिएको छ, रास्वपाको दर्शन र प्रतिबद्धताको पहिलो बुँदामा “विधिको शासन” ।

Source : https://newsofnepal.com/2024/10/21/674545/