असोज दोस्रो हप्ताको बाढीले बगाएका सबै राजमार्ग सञ्चालनमा
काठमाण्डौ – गएको असोज ११ र १२ गतेको वर्षासँगै आएको बाढीपहिरोका कारण अवरुद्ध भएका सबै राजमार्गहरु सञ्चालनमा आएका छन् । बाढी र पहिरोले ३४ वटा राजमार्गमा क्षति पुर्‍याएको थियो । सरकारले तत्कालै २९ वटा सञ्चालनमा ल्याएकोमा बाँकी दशैंपछि सञ्चालनमा आएका हुन् । ३४ वटा सडकका आठ सय पाँच ठाउँमा पहिरो गई सडक अवरुद्ध भएकामा ति पहिरो हटाएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । भत्किएको सडक र बाढीले बगाएको पुल निर्माण गर्न झन्डै २० अर्बदेखि २५ अर्ब रुपैयाँ लाग्ने मन्त्रालयको अनुमान छ । मन्त्रालयले न...
Source : https://ujyaaloonline.com/story/108061/2024/10/22/highways-flooded-are-in-operation