आफ्नै खर्चमा सडकको पहिरो पन्छाए वडाध्यक्ष दत्त बुढाले

जुम्ला । पातारासी गाउँपालिका ५ का वडा अध्यक्ष दत्त बुढाले कोटाभिरको पहिरो आफ्नै खर्चमा पन्छाएका छन्। पातारासी ६ उर्थु नजिकको कोटाभिरमा २ महिना अगाडि पहिरो खस्दा सडक साँघुरो र जोखिमपुर्ण बनेको थियो। सोही ठाउँमा पातारासी ५ का वडा अध्यक्ष दत्त बुढाले आफ्नै खर्चमा डोजर प्रयोग गरेर पहिरो पन्छाएका छन्। लगातार २ घण्टा डोजर प्रयोग गरेर सडकको पहिरो पन्छाइएको वडा अध्यक्ष बुढाले बताए ।

पातारासी गाउँपालिका र उर्थु बुलबुले सडक खण्डको प्रवेशद्वार कोटाभिरमा पहिरोले सडक साँघुरो बनेको थियो। पहिले पटकपटक दुर्घटना भएर मानवीय क्षति समेत भएको ठाउँमा पहिरोले सडक थप जोखिमपुर्ण भएपछि आफ्नै व्याक्तिगत खर्चमा डोजर प्रयोग गरेर पहिरो राम्ररी पन्छाइएको वडा अध्यक्ष दत्त बुढाले जानकारी दिए। दुई घण्टा लगातार डोजरले पहिरो हटाएपछि सडकमा सवारी आवतजावत सहज भएको हो।

स्मरण रहोस् पातारासी ५ का वडा अध्यक्ष दत्त बुढा तिनै व्याक्ति हुन जसले यो वर्ष नै आफुले चलाइरहेका दुइवटा मोटरसाइकल वडाबाट प्रहरी चौकिलाई हस्तान्तरण गरेका थिए। सामाजिक सेवामा उनले एकपछि अर्को काम गर्दै आएका छन्।

The post आफ्नै खर्चमा सडकको पहिरो पन्छाए वडाध्यक्ष दत्त बुढाले appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102596/