मानेभञ्याङमा कुकुर विरालोलाई घुम्ती शिविर

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ स्थित मानेभञ्याङ कुकुर विरालोलाई घुम्ती शिविर मार्फत रेविज विरुद्धको खोप लगाइएको छ । आज खाँदबारी –३ स्थित मानेभञ्याङमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको आयोजना तथा वडा नम्बर ३ को सहकार्यमा सामुदायिक तथा घर पालुवा कुकुर विरालोलाई रेविज विरुद्धको खोप लगाइएको हो । कुकुर र विरालोलाई रोप लगाऔ,रेविज लाग्न बाट बचाऔ भन्ने नाराका साथ रेविज विरुद्ध भ्याक्सिनेशन घुम्ती शिविर सञ्चालन गरिएको छ ।

खाँदबारी–३ को मानेभञ्याङ बजार र विभिन्न गाउँ टोलमा रेविज रोगको सङ्क्रमण हुन नदिन सामुदायिक तथा घर पालुवा कुकुर विरालोलाई खोप लगाउन घुम्ती शिविर मार्फत रेविज विरुद्ध खोप सञ्चालन गरिएको खाँदबारी–३ का वडाध्यक्ष भरत कुमार घिमिरेले बताए । रेविज रोग जंगली कुकुर र स्याल मार्फत घर पालुवा कुकुर,विरालो र मानिसमा समेत सङ्क्रमण हुन सक्ने भएका कारण भ्याक्सिनेशन घुम्ती शिविर सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाका प्रमुख हिमालय पोखरेलले बताए ।

जंगली कुकुर र स्याल मार्फत घर पालुवा कुकर र सामुदायिक कुकुर,विरालोमा सर्न हुदाँ रेबिज भाइरसको सङ्क्रमण रोकथामका लागि भ्याक्सिनेशन घुम्ती शिविर सञ्चालन गरिएको विज्ञ केन्द्र प्रमुख पोखरेलले बताए । रेविज संक्रमण रोक्न घर पालुवा कुकुर,विरालोलाई भ्याक्सिनेशन घुम्ती शिविर सञ्चालन विज्ञ केन्द्र प्रमुख पोखरेलले बताए । रेविज रोग लागि सकेपछि औषधी र उपचार नभएका कारण रोकथामका लागि रेविज रोग विरुद्धको खोप आवश्यकता भएको उनको भनाइ छ ।

घुम्ती शिविरमा घर पालुवा कुकुर विरालोलाई अनिवार्य रेविज रोग विरुद्धको खोप लगाउन अनुरोध गरिएको विज्ञ केन्द्र प्रमुख पोखरेलले बताए । घुम्ती शिविर मार्फत करिव दुई सय कुकुर विरालोलाई रोप लगाइने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्दले जनाएको छ । रेबिज एक किसिमको भाइरसले लाग्ने रोग हो ।

रेबिज लागेको कुकुर, स्याल वा अन्य जनावरमा रेबिज भाइरस हुन्छ । कुकुर, स्याल, चमेरो, बिरालोलगायत तातो रगत हुने र स्तनधारी जनावरबाट रेबिज भाइरस सर्ने गर्छ । त्यस्ता जनावरले टोकेपछि घाउका माध्यमबाट रेबिज भाइरस शरीरमा प्रवेश गर्छ । जसले गर्दा मानिसमा रेबिज रोग लाग्छ ।

The post मानेभञ्याङमा कुकुर विरालोलाई घुम्ती शिविर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102598/