एक सय वटा पेन्गुइन मारेको आरोपमा अर्जेन्टिनाका किसानलाई तीन वर्षको जेल सजाय
पेन्गुइनका बच्चा मारेको पुष्टि भएपछि अर्जेन्टिनाका एक जना किसानलाई अदालतले तीन वर्षको जेल सजायको फैसला गरेको छ । आफ्नो बारीमा बालीनाली खान आएका एक सय वटा भन्दा धेरै म्यागेलानिक प्रजातिका पेन्गुइनका बच्चा मारेको कसुरमा दक्षिणी प्रान्त चुबुटका एक जना किसानलाई तीन वर्षको जेल सजाय सुनाइएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सन् २०२१ मै उनले चरा मारे पनि यो मुद्दामा लामो बहस भएकाले अहिले बल्ल फैसला आएको हो । उनले पेन्गुइनका दर्जनौँ गुँड पनि नष्ट गरेका थिए । अभियोजनकर्ताहरूले चार वर्षको सजायको माग गरेका थिए...
Source : https://ujyaaloonline.com/story/109078/2024/11/21/farmer-sentenced-to-prison-for-killing-penguins-