एक सातादेखि वेपत्ता महिला सकुशल

सप्तरी । एक साता अघि वेपत्ता भएकी एक महिला शनिवार सकुशल फेला परेकी छिन । असोज २६ गते दशैका टिकाका दिनदेखि सम्पर्क विहिन भएकी सप्तरीको कंचनरुप नगरपालिका १२ रुपननगरकी बेचनकुमारी पोखरेल शनिवार फेला परेको प्रहरीले जनाएको छ ।

दाजु शम्भु पोखरेलको घरमा टिका लगाउन जान्छु भन्दै निस्केकी ६२ वर्षिया पोखरेल बीच बाटो बाटै वेपत्ता भएकी थिइन । घरबाट करिब १ किलो मिटर टाढा रहेको दाजु शम्भुको घरमा टिका लगाएर आउँछु भन्दै निस्केकी दिदी त्यहाँ नपुगी बीच बाटो बाटै हराएपछी परिवारजनले खोजतलास शूरु गरेका थिए ।

कतै कुनै सुराक नपाएपछी दिदीको अवस्था पत्ता लगाई दिन उनले प्रहरीमा समेत उजुरीं दिएका थिए । परिवारजनबाट सम्पर्क विहिन भएकी पोखरेलको हुलिया विवरण सहितको सम्पुर्ण विवरण प्रहरी कार्यालयहरुमा पठाई खोजतलास जारी रहेका बेला शनिवार राजविराज नगरपालिका क्षेत्रबाट आफन्त र प्रहरीले उनलाई फेला पारेको हो ।

उनलाई शनिवार नै आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । बोल्न र कान सुन्न नसक्ने रोगले पीडित महिला पोखरेल बाटो विराएर यसरी अलपत्र र परिवारसंग सम्पर्क विहिन भएको अनुसन्धानको क्रममा खुलेको छ ।

The post एक सातादेखि वेपत्ता महिला सकुशल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102421/