पालिका स्तरीय प्रथम वडा अध्यक्ष भलिबल कप प्रतियोगिता हुने

दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिकामा पालिका स्तरीय प्रथम वडा अध्यक्ष भलिबल कप प्रतियोगिता हुने भएको छ । दीपावलीको अवसरमा ५नं वडा कार्यालय ठाटीकाँध गाउँपालिकाको आयोजनामा आगामी कात्तिक५देखि ७गतेसम्म पालिका स्तरीय प्रथम वडा अध्यक्ष भलिबल कप प्रतियोगिता आयोजना हुने भएको हो ।

पालिका स्तरीय प्रतियोगिता हुने भएकाले पालिकाबाट सहभागिता जनाउन सक्नेगरीे पालिका स्तरीय प्रथम वडा अध्यक्ष भलिबल कप आयोजना गरेको संयोजक रमेश विकले बताए । प्रतियोगितामा सहभागि हुन प्रत्येक टिमलाई टिम दर्ता दस्तुर २ हजार ५सय लाग्ने उनले जानकारी दिए।

प्रतियोगिताको विजेताले नगद २५हजार सहित ट्रफि, मेडल प्रमाण प्राप्त गर्ने छन् भने दोस्रो हुनेले नगद१५ हजारसहित मेडल प्रमाण प्राप्त गर्नेछन् ।

त्यस्तै तेस्रो हुनेले नगद ८ हजार हजारसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी उत्कृष्ट खेलाडीले कदर पत्रसहित नगद एक हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

The post पालिका स्तरीय प्रथम वडा अध्यक्ष भलिबल कप प्रतियोगिता हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102418/