एमालेले दान लिएको जग्गाकाे हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश

समाचार सुन्नुहोस : 

काठमाडौँ – सर्वोच्च अदालतले नेकपा एमालेलाई व्यवसायी मीनबहादुर गुरुङबाट प्राप्त दानको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ। यो आदेश सर्वोच्चका न्यायाधीश सुनील कुमार पोखरेलको एकल इजलासले दिएको हो। सर्वोच्च अदालत प्रशासनले यसअघि दरपीठ गरेको उक्त रिटमाथि न्यायाधीश तीलप्रसाद श्रेष्ठको इजलासले प्रशासनको निर्णय बदर गर्दै रिट दर्ता गर्न आदेश दिएपछि रिट दर्ता भएको थियो।

भाटभटेनीका सञ्चालक गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले काठमाडौंको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरमा एमालेको पार्टी कार्यालयका लागि १० रोपनी १४ आना जग्गा दान गरेका थिए। गुरुङले एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए। असोज २५ गते प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त स्थानमा पार्टीको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरेका थिए।

यो घटना सार्वजनिक भएपछि एमाले आलोचनाको शिकार बनेको थियो। अधिवक्ता ज्ञानबहादुर बस्नेतसहित तीन जनाले यो निर्णय खारेज गर्न सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए।

 

 

 

The post एमालेले दान लिएको जग्गाकाे हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/494196/