कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कार्यालय परिसरमै तरकारी बारी बनायाे
कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकाले कार्यालय परिसरमै तरकारी बारी बनाएको छ । तरकारी बारीमा काउली, बन्दागोभी, गोलभेँडा, खुर्सानी लगायतका तरकारी रोपिएका छन् । 'एपिस मेलिफेरा' जातको मौरीका घार कार्यालय परिसरमै लस्करै राखिएका छन् । घारमा मौरीपालन गरिएको छ । बारीमा लगाइएका बोटबिरुवामा मल राख्नका लागि गड्यौँलापालनको कार्य पनि गरिएको छ । नगरपालिकाको कृषि विकास शाखाका कर्मचारीले कार्यालय परिसरमा बारी तयार गर्ने, बीउ रोप्ने, गोडमेल गर्ने, आवश्यकताका आधारमा मल राख्ने, सिँचाइ गर्ने लगायतका कार्य ग...
Source : https://ujyaaloonline.com/story/108338/2024/10/30/municipality-planted-vegetables-in-office-premises