केन विलियमसनले भारतसँगकाे दोस्रो टेस्ट पनि गुमाउने

न्युजिल्यान्डका ब्याटर केन विलियमसनले भारतसँगको दोस्रो टेस्ट क्रिकेट पनि गुमाउने भएका छन् । चोटका कारण विलियमसन दोस्रो टेस्टका लागि उपलब्ध नभएका क्रिकेटसम्बन्धी जानकारी दिने बेवसाइट क्रिकइन्फोले जनाएको छ । गएको महिनामा श्रीलङ्का भ्रमणका क्रममा विलियमसन घाइते भएका थिए । बेङ्गलुरुमा भएको भारतसँगको पहिलो टेस्टमा उनको ठाउँमा विल योङ्ग टोलीमा परेका थिए । न्युजिल्यान्डका प्रशिक्षक गेरी स्टिडले विलियमसनको अवस्थमा पूर्णरूपमा सुधार नभएको र तेस्रो टेस्टसम्म पूर्णरूपमा सुधार हुने विश्वास गरेको बताएका छन् । भारतसँगको तीन खेलको टेस्ट शृ...

Source : https://ujyaaloonline.com/story/108048/2024/10/22/williamson-out-of-2nd-test-against-india